महसँग मिसाएर बिहान खालीपेट खानुहोस् दालचिनी पानी

बिहान उठ्ने बित्तिकै धेरैलाई चिया पिउने बानी हुन्छ । तर यस्तो बानी निरन्तर अपनाइरहँदा पछि गएर शरीरका लागि हानिकारक हुन सक्छ । स्वास्थ्य विशेषज्ञको भनाईअनुसार बिहान यदी खाली पेट चियाकफीको सट्टा मह(Honey) मिसाएर दालचिनी पानी पिउनुभयो भने यसले धेरै नै फाइदाहरु गर्दछ । तपाईं चियाको ठाउँमा यो पिउन सक्नुहुन्छ ।

मह र दालचिनीको पानी पाचनका लागि पनि एकदमै फाइदाजनक हुन्छ । महमा यस्ता तत्वहरु हुन्छन् जसले पाचनलाई सजिलो बनाइदिन्छ ।

यसबाहेक दालचिनीमा एन्टीमाइक्रोबियल गुण हुन्छन्, जसले अपच, कब्जियत र ग्यासको समस्या कम हुन्छ । पेटका आन्द्राहरुका लागि पनि यो एकदमै फाइदाजनक हुन्छ ।

मधुमेहका विरामीहरुका लागि पनि मह र दालचिनीको पानी एकदमै फाइदाजनक हुन्छ । त्यस्तै दालचिनीमा इन्सुलिन सेन्सिटिभिटी सुधार्ने गुण हुन्छ जसले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

यदी तपाईं मह र दालचिनीको पानीले दिनको शुरुआत गर्नुहुन्छ भने यसले शरीरको मेटाबोलिज्म पनि तीव्र हुन्छ । जसले गर्दा शरीरको तौल कम गर्न पनि सहयोग पुग्छ ।

यदी तपाईं लामो समयसम्म स्वस्थ भएर जिउन चाहनुहुन्छ भने बिहान अवश्य मह र दालचिनीको पानी बनाएर पिउनुहोस् । यो तपाईंको दीर्घजिवी हुने रहस्य पनि हो । यो मुटु(Heart)का लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close