वातावरणको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

जेष्ठ १८, सुर्खेत ।

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर ८, सुर्खेतको आयोजनामा संस्थाको मेहेलकुना सेवाकेन्द्र अन्तर्गत लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र प्रमुख तथा सदस्यहरुको सहभागितामा केन्द्र प्रमुख गोष्ठी एवं वित्तीय साक्षरता सम्बन्धी तालिम कार्यक्रम बिहीबार गुर्भाकोटको मेहेलकुनामा सम्पन्न भएको छ ।
संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतनाका साथै संस्थाको परिवर्तित नीति नियमको जानकारी गराउन तथा केन्द्रका सदस्यहरुको सुझाव संकलन गर्ने उद्देश्यले प्रत्येक वर्ष संचालन हुने केन्द्र प्रमुख गोष्ठी यस वर्ष पनि गत बैशाखबाट शुरु भएको थियो । यसअघि अघि सुर्खेत, दैलेख, जाजरको र सल्यान जिल्लाका विभिन्न २८ वटा स्थानामा वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठीहरु सम्पन्न भईसकेको बताइएको छ ।
त्यस्तै गोष्ठीमा पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको समस्या तथा चुनौतीका सम्बन्धमा पनि छलफल भएको थियो भने लघुवित्त कार्यक्रममा आवद्ध धेरैजसो महिला सदस्यहरुले वातावरणको लघुवित्त कार्यक्रमले आफूहरुलाई आर्थिक तथा सामाजिक रुपले सशक्त बनाएको बताउँदै आफ्नो जीवनस्तरलाई माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताएका थिए ।
संस्था संचालक समितिका सदस्य डिले वलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाको मेहेलकुना क्षेत्रका करिब ६० जना केन्द्र प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो भने संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

 

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close