राउटे युवती माथि भएको यौन दुर्व्यवहारको चौतर्फि आलोचना, कानुनी दायरामा ल्याउन माग

सुर्खेत २३, जेठ ।
स्थानीय प्रशासनले राउटे समुदायका युवतीहरुमा यौन दुव्र्यवहार भएपछि त्यस आसपासमा मानिसहरुको आवतजावतलाई कडाइ गरेको छ । कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका युवतीलाई होटलमा पु¥याएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राउटे समुदायलाई बाहिरी समुदायसँगको सम्पर्क नहोस भनी कडाइ गरेको हो ।
युवटुवु, टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको छ । युट्युब, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्ने लगायतका अश्लिल कामहरु गर्ने गरेका छन ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि समुदायमा अर्को दुर्घटना नहोस भनी सुरक्षा व्यवस्था कडाइ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार राउटे समुदायका युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुक मार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन । तीमध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन । दुबै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन । राउटे युवतीलाई मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ ।
यता राउटे युवती माथि भएको दुव्र्यवहारप्रति विभिन्न अधिकारवादी संघसंस्थाले आपत्ति जनाएका छन् । कर्णाली स्वयम सेवक दल सुर्खेतले निपक्ष घटनाको छानविन गरी दोषी माथि कडा कारवाहीको माग गरेको छ ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close