वामदेवले मागे प्रधानमन्त्री, ओलीले गरे ठाडै अस्वीकार, गौतमले भने–राष्ट्रियसभामा जान्न

काठमाडौं, पुस १८ । प्रधानमन्त्री बन्न नपाउने भएपछि नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) का नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल गौतम र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजान तयार भएपनि गौतमले भने प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए ।

संविधान संशोधन गरेर आफुलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र राष्ट्रिय सभामा जाने शर्त गौतमले राखेपछि प्रधानमन्त्री ओलीले शर्त ठाडै अस्वीकार गर्दै सम्भव नहुने बताएको बैठकमा सहभागि नेताले बताए ।

ओलीको अस्वीकारपछि गौतमले पनि सांसद मात्र बन्न राष्ट्रिय सभामा नजाने भन्दै आफुलाई उम्मेदवार नबनाउन भनेका थिए । त्यसपछि अरु नामहरुमा निर्णय गरिएको थियो ।

प्रवक्ता श्रेष्ठले भने पार्टीको निर्णय आफूले मान्ने भन्दै राष्ट्रिय सभामा भूमिका खेल्न तयार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close