विश्व वातावरण दिवसमा देउती बज्यै मन्दिर परिसर सरसफाइ

विश्व वातावरण दिवसको अवसरमा वीरेन्द्रनगर ११ पिपीरासुर्खेतमा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थीहरूले धार्मिक तथा पर्यटकीय स्थल देउती बज्यै मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेका छन् । वातावरण संरक्षण र सरसफाइप्रति सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सुर्खेतस्थित देउती बज्यै मन्दिर परिसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । धार्मिक महत्वका साथै पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मन्दिर परिसरमा फैलिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

विद्यार्थीहरूले वातावरण संरक्षणका लागि व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिनुपर्ने सन्देश दिँदै सार्वजनिक स्थल सफा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कार्यक्रममार्फत विद्यार्थीहरूमा व्यवहारिक रूपमा वातावरणीय चेतना अभिवृद्धि गर्ने प्रयास गरिएको विद्यालयले जनाएको छ ।

विश्व वातावरण दिवसको अवसरमा गरिएको यस सरसफाइ कार्यक्रमले विद्यार्थीमा मात्र नभई स्थानीय समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको भन्दै सहभागीहरूले निरन्तर यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा गरिएको सरसफाइ कार्यक्रमले स्वच्छ र हरित वातावरण निर्माणमा सामूहिक जिम्मेवारी आवश्यक रहेको सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close