ब्राइटल्याण्ड इको क्लब गठन

विद्यालयको सरसफाइ विभाग प्रमुख शिक्षिका सविता कडेलको संयोजकत्वमा विद्यार्थीहरूको भेलाबाट ब्राइटल्याण्ड इको क्लब गठन गरिएको छ ।

भेलाले निरज खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसअनुसार क्लबको उपाध्यक्षमा सुगम बस्नेत, कोषाध्यक्षमा सुनिल खाँड र सचिवमा सुमन सिंह ठकुरी चयन भएका छन् ।

त्यस्तै सह–सचिवमा निर्जला खड्का चयन भएकी छन् भने सदस्यहरूमा प्रमिला विसी, भूपेन्द्र खाँड, अविशेक थापा र कफिल अहमद रहेका छन् ।

विद्यालयको वातावरण संरक्षण तथा प्रवर्द्धनलाई लक्षित गर्दै गठन गरिएको इको क्लबले चालु शैक्षिक सत्रभर विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

क्लबमार्फत सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गर्ने, हरित वातावरण प्रवर्द्धन गर्ने तथा विद्यालय परिसरलाई स्वच्छ र हराभरा बनाउने कार्यक्रम अघि बढाइने जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close