कालिकोटमा प्रदेश लेखा इकाई कार्यालय स्थापना

कालिकोटमा प्रदेश लेखा इकाई कार्यालय स्थापना भएको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय वीरेन्द्रनगर सुर्खेतले तेस्रो जिल्ला इकाइका रुपमा कालिकोट इकाई स्थापना गरेको हो ।
जिल्लाका स्थानीय तहमा प्रदेश सरकार मार्फत जाने रकमको निकाश र व्यवस्थापनमा सहज बनाउन शाखा विस्तार भएको शाखा प्रमुख डम्मर प्रसाद अर्यालले बताउनु भयो । उहाँका अनुसार जिल्लाका ९ स्थानीय तह तथा अन्य ९ वटा प्रदेश सरकार मातहतका कार्यालयहरुको लेखा व्यवस्था र खर्च प्रणाली लगायतका काम गरिने बताउनु भयो ।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतलय यस अघि हुम्ला र सल्यान जिल्लामा इकाई कार्यालय विस्तार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close