ओमिक्रोन भेरियन्ट प्रभावः नेदरल्याण्डमा लकडाउन

 

युरोपेली मुलुक नेदरल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) ओमिक्रोनको नयाँ भेरियन्टको प्रभाव परेको छ । नेदरल्याण्डको सरकारले ओमिक्रोन तिव्र गतिमा फैलिन सक्ने भन्दै आइतबारदेखि लकडाउन लगउने घोषणा गरेको छ ।

शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै आइतबार बिहान ५ बजेदेखि लकडाउन गर्ने घोषणा गर्नु भर्एको हो । उहाँले अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द रहने जानकारी दिनुभयो ।

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस भेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म भेला हुनपाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै भेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close