कर्णालीका गाउँमा २९ जना चिकित्सक परिचालन

सुर्खेत २८, बैशाख ।
कर्णाली प्रदेश सरकारले प्रदेशका सवै गाउँमा डाक्टरहरु परिचालन गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमले देश लकडाउन हुदाँ ग्रामिण जीवनमा गम्भिर असर पुगेको भन्दै गाउँगाउँमा परिक्षण गरी त्यसको नतिजाका आधारमा गाउँघरमा लकडाउन हटाउनका लागि डाक्टरहरु परिचालन गरेको हो ।

प्रदेश सरकार र चिकित्सकहरुको छलफलले गाउँमा कोरोना परिक्षण गरी नतिजाको आधारमा लकडाउन खुलाउने निर्णय गरेको थियो । त्यसैको आधारमा प्रदेशका कुटनीतिक क्षेत्रमा २९ जना डाक्टरहरु परिचालन भएका छन् ।

जनघनत्वका आधारमा डाक्टरको क्षेत्र निर्धारण गरेको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले बताउनु भयो । स्थानीय चिकित्सक ४ जना, जिल्लामा कार्यरत ४ जना, प्रदेश अस्पताल सुर्खेतबाछ ११ जना र कर्णाली स्वास्थ्य प्रतिष्ठान १० जना चिकित्सकलाई कोरोनाको संभावित जोखिम क्षेत्रमा परिचालन गरेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close