भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार र चोरी मुक्त वडा बनाउँन मेरो उम्मेदवारी ः रावत

सुर्खेत । स्थानीय तह निर्वाचन २०७९ को मिति आउँन अब ५ दिन बाँकी रहेको छ । विभिन्न दलका उम्मेदवारले आफ्ना मुख्य–मुख्य प्रतिबद्धताहरु सार्वजनिक गर्दै उम्मेदवारको घरदैलोमा पुगेका छन् ।

यसै क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उम्मेदवारले आफ्नो उम्मेदवारीको प्रचार–प्रसारलाई पनि तिव्रता दिँदै गएका छन् । मतदाताको घरदैलोमा पुगेर योजना समेत मतदातालाई थमाएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–६ नगरको मुटुको रुपमा चिनिने गर्दछ । उक्त वडाको वडा अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र० प्रेमबहादुर रावत उम्मेदवार बनेका छन् । रावत आफु उम्मेदवार बनेसँगै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छन् ।

रावतका चुनावी प्रबिद्धतामा वीरेन्द्रनगर–६ का ठाउँ–ठाउँमा गाडी पार्क र सार्वजनिक शौचालय साथै वृद्धवृद्धा विश्राम स्थलको व्यवस्था गरिने योजना समावेश गरेका छन् ।

यस्तै, वडा अध्यक्ष पदका उम्मेदवार रावतले सुशासन र मानव अधिकारसहितको समृद्ध वडा निर्माण, प्रतिगमनबाट बचाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रियता र संविधानको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता अव्यवस्थित बसोबास र भूमिहीनका लागि विशेष व्यवस्थाका साथ समस्याको समाधान जस्ता योजना अगाडि सारिएका जानकारी दिए ।

उनले भने, ‘मैले ठुलै योजना र गर्न नसकिने योजना मेरा प्रतिबद्धतामा समावेश गरेको छैन्, स–साना र वडा वडावासीलाई अत्याआवश्यक विषयका योजना मात्रै आगाडि सारेको छु त्यस्तै वडा नं. ६ भित्रको बजारलाई सिम्मान्तकृत बजार बनाउने छु। त्यस्तै, मैले वडा अध्यक्ष पदमा जितेपछि सर्बप्रथम सफा र ठाउँ–ठाउँमा पार्किङ्ग वडा बनाउँने संक्लप रहेको छ ।’ रावतले थपे, ‘वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य वडाको रुपमा वीरेन्द्रनगर–६ लाई लिने गरिन्छ । पछिल्लो समय यो क्षेत्रमा चोरीका घटना पनि बढ्दै गएका छन् । ति र त्यस्ता समस्या समाधानका लागि मेरो उम्मेदवारी रहेको छ ।’

यस्तै, रावतले आफु एक व्यापारीबाट राजनीतिमा होमिएकाले कुनै पनि हिसाबमा कमाउँन भन्दा जनताको नजिकबाट सेवा गर्नका लागि उम्मेदवार बनेको समेत स्पष्ट पारे । रावतले पुर्जा विहिनि नागरिकलाई पूर्जा वितरण, पूर्जा पाउन बाँकी तथा नापजाँच गर्न पर्ने जग्गाको लागत संकलन गरी प्रत्यक्ष राहत, वडा भित्र सार्वजनिक शौचालय साथै वृद्धवृद्धा विश्राम स्थलको व्यवस्था, वडा क्षेत्रभित्र अवरुद्ध, अव्यवस्थित ढल, सडक नालालाई व्यवस्थित तरिकाले निर्माण तथा मर्मत, नगरपालिकाकै नमूना वडामा विकसित गर्न वडाबासीको संलग्नातामा सामाजिक सामुदायिक कार्यक्रम तथा विकासका योजनालाई प्रभावकारी रूपमा सञ्चालन गरिने जस्ता योजना अगाडि सारेका छन् ।

यस्तै, रावतले अव्यवस्थित बजारीकरणलाई व्यवस्थित गरी वडा क्षेत्रभित्र रात्रीकालिन वडा सुरक्षाकर्मी ९सेक्युरिटी० व्यवस्थाका साथ क्यामेरा जडान, खोला किनारका बस्तीलाई सुरक्षित गर्न खोलालाई ठाउँ छाडी पक्की तटबन्धको व्यवस्था, अति अभाव भएको खानेपानी समस्यालाई दीर्घकालीन रूपले समाधान गर्न समूहगत रूपले डी।टी।एच। प्रविधिबाट पानीको व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूलाई घरदैलोमा पाउने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै समाजमा रहेका विकृती, विसंगती, घरेलु हिंसा, बालविवाह, जातीय छुवाछुत, लागू औषधविरुद्ध जनचेतनामूलक कार्यक्रम बनाई सोको अन्त्य, दीर्घ रोगी, वृद्धवृद्धा तथा अपा· भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको उपचार खर्च निःशुल्क, महिला, दलित, जनजाती, विपन्न र गरिबीको रेखामुनी रहेकाहरूको जीवनस्तर बदल्न समूहको माध्यमबाट प्रत्येक समूहमा ५ देखि ७ जनासम्मको समूह बनाई सीपमूलक तालिम तथा औजार उपकरण मेसिन दिई स्वरोजगार नागरिक बनाउन विशेष पहल गरिने उनले आफ्ना प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

मजदुरहरूको जीवनस्तर उकास्न विकासका हरेक कामहरू श्रम सहकारीमार्फत गर्ने व्यवस्था, सफा र सुन्दर वडा बनाउनको लागि फोहोर व्यवस्थापनमा पहिलो प्राथमिकता, पर्यटन केन्द्रको रूपमा यस वडालाई विकास गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पहिचान गरी विकास र वडामा भ्रष्टाचार गर्ने र गराउनेलाई सामाजिक बहिष्कार गर्ने जस्ता योजना रावतले अगाडी सारेका छन् ।

मओवादी केन्द्रबाट वीरेन्द्रनगर–६ को वडा अध्यक्ष पदमा प्रेमबहादुर रावतसहित वडा सदस्यमा दिपेन्द्र गैरेल, विक्रम कुमाल, महिला सदस्यमा दिपा के।एस। र दलित महिला सदस्यमा रत्नादेवी नेपाली उम्मेदवारी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close