भारतबाट फर्केका युवालाई अब प्रदेशमै रोजगारी दिन्छौं ः मुख्यमन्त्री शाही

सुर्खेत, पुस २४।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भारतबाट फर्केर आएका कर्णालीबासीलाई गाउँ–घरमै रोजगारी उपलब्ध गराउने बताउनु भएकाे छ । उहाले भारतमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनु भयो ।
मुख्यमन्त्री शाहीले कोरोनाका कारण भारतमा कार्यरत धेरै नेपालीहरुले रोजगारी गुमाएको उल्लेख गर्दै त्यसमा कर्णाली र सुदूरपश्चिमका नागरिकहरु धेरै रहेको बताए । उहाले स्थानीय तहसँग समन्वय गरेर कालापहाडबाट फर्किएकाहरुको तथ्याङ्क संकलनसँगै उनीहरुको सीपका बारेमा जानकारी लिने बताउनु भयो ।
मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको जानकारी गराउँदै विगतजस्तो कर्णालीका नागरिकहरुले नाकाबाटै सास्ती भोग्न नपर्ने बताउनु भयो । उहाले भारतबाट आउने नागरिकहरुलाई नाकाबाटै घरसम्म सुरक्षित यात्राका लागि प्रदेश सरकारले तयारी गरिरहेको बताउनु भयो ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले मुख्यमन्त्री समक्ष नौ बुँदे मागपत्र पेश गरेका थिए । मागपत्रमा भारतबाट फर्केका कर्णालीबासीलाई रोजगार, सिपमूलक तालिम, सस्तो व्याजदरमा ऋण उपलव्ध गराउन, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मतदानको वातावरण मिलाउन, कर्णालीका युवाहरुलाई बिदेश जानबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउन, भारतमा रहेका र जाने कर्णालीका युवाहरुको तथ्याङ्क राख्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close