कपासेमा जल तथा मौसम कार्यालयको जीप दुर्घटना

असार ८,सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो ।
बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिनु भयो । उहाकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भएपनि उनको पहिचान खुलेको छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close