बाबियाचौरमा सर्वाधिक पुरुकार राशीको फुटबल प्रतियोगिता हुदै

कमल कुमार न्यौपाने
असोज १४, सुर्खेत । कार्तिक २ गतेबाट बाबियाचौरमा सर्वाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ । बाबियाचौर स्पोट्स क्लबले प्रतियोगिता शुरु गर्न लागेको हो । बाबियाचौर स्पोट्स क्लबले बिगतका बर्षमा पनी प्रतियोगिता गदै आएको थियो । पछिल्ला केही बर्षमा कोभिडका कारण क्लबले आयोजना गर्न सबै खेलकुदका सबै क्रियाकलाप बन्द गरेको थियो । प्रतियोगितामा प्रथम बन्ने टिमले नगद ४ लाख ७१ रुपियाँ पाउने यस्तै दास्रो हुने टिमले नगद २ लाख पाउने पञ्चपुरी नगर खेलकुदका अध्यक्ष कृष्ण रावलले जानकारी दिनु भयो । प्रतियोगितालाई शान्तरुपमा सञ्चालन गर्न क्लबले बिभिन्न बिभाग समेत गठन गरेको छ । आज बसेको क्लबको बैठकले खेलकुद बिभागको संयोजकमा थिमन शाही आर्थिक संयोजकमा लोकेन्द्र रावल युवा परिचालन संयोजकमा मदन रिमाल तथा खेल व्यवस्थापनमा नगेन्द्र यादबलाई जिम्मेवारी तोकिएको बाबियाचौर स्पोट्स क्बलका अध्यक्ष बिरेन्द्र रावलले बताउनु भयो । सो प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने छन्

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close