गत बर्षका याेजनाले निरन्तरता पाउछ: वडाध्यक्ष कार्की

लामो समय पछि निर्वाचित जनप्रतिनीधिले आआफ्नो क्षेत्रका नागरिकको आवश्यकतामा केन्द्रित भएर विकास निर्माणका कामलाइ प्राथमिकता दिएका छन् । यसै सन्दर्भमा वराहताल गाउँपालिका वडा नं. ८ सुर्खेतले विकास र समृद्धिमा गरेका गतिविधिबारे वडा अध्यक्ष अध्यक्ष मणीराज कार्कीसँग गरिएको कुराकानी अंशलाई हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

निर्वाचित भइसकेपछि हालसम्म वडाको पूर्वाधार विकासमा के के काम गर्नू भयो ?
खानेपानी, सडक, शिक्षाको समस्या रहेको यस वडामा निर्वाचित भएपछी यी समस्या लगायतका क्षेत्रमा उल्लेखनीय सुुधार भएको छ । शिक्षाको लागि बिद्यालय भवन निमार्ण देखि बिद्यार्थीका लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छुु । खानेपानीको लागि मर्मत गर्नु पर्ने ठाउँहरुमा मर्मत गर्नुुका साथै मर्मत गरेर नहुने ठाउँहरुमा नयाँ वजेट बिनीयोजन गरेर क्रमागत रुपमा खानेपानी आयोजना निर्माण र मर्मतको काम भएको छ । रानिवन क्षेत्रमा रहेका ६५ घरधुुरी र दुुई वटा बिद्यालयमा रहेको खानेपानीको अभाबलाई परिपुर्ती गरिएको छ । गत बर्ष बजेट बिनीयोजन गरेर पाइप लाईन खन्नुका साथै पाईप खरिद गरीयो । यो बर्ष ट्याङ्की निमार्ण गर्ने र आगामी बर्ष एक घर एक धारा निमार्ण सम्पन्न गर्ने योजना बनाएका छौ । हामी निर्वाचित हुनुभन्दा पहिलेको अबस्था हेर्ने हो भने अहिले कच्ची बाटो भएपनि सडकको पहुँच पुगेको छ ।
निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता के के गर्नु भएको थियो ?
चुनावको बेला हामी जनताको घरदैलोमा जाँदा तपाँईका आवश्यकताहरुलाई परिपुर्ति गर्नका लागि हामीलाई भोट दिनुहोस, भनेका थियौं । खानेपानी , सिंचाई , सडक लगायतमा जनताका आवश्यकता र विकास निमार्ण हामीले गर्ने छौ भनेर प्रतिवद्घता गरेका छौ ।
वडामा तपाइहरुले काम गर्दा के कस्ता समस्या आएका छन ?
वडा भित्र काम गर्दा विभिन्न खालका समस्याहरु छन् । वीस बर्षसम्म चुनाव भएन विकासको पहुँच पुगेको थिएन । अहिले विकासको पहँुच पु¥याउने बेलामा समस्याहरु त आइरहन्छन । सडक निमार्ण गर्दा वनले अवरोध गर्छ । खानेपानीमा गयो मुहान अरुकै हुन्छ, दर्ता गर्नु पर्ने यस्ता विविध समस्याहरु आइरहेका छन । यी समस्याका बीच पनि सम्बन्धित सरोकारावालासँग समन्वय गरेर अहिले सबै टोलहरुमा सडकको ट्र«याक पु¥याउने काम सम्पन्न भई सकेको छ ।

विद्युतीकरण को लागि विद्युुत प्राधिकरणसँग समन्वय गरिरहेका छौ । मुख्य लाइन हाम्म्रो बड्डीचौरसम्म आइसकेको छ । शाखा लाईनको लागि पनि हामी पटक पटक गएका छौ । विद्युतको लागि टेन्डर भइसकेको छ । मलाइ लाग्छ यो आर्थिक बर्ष भित्र वडाका सबै जनताले विद्युुतको प्रयोग गर्नेे छन् ।

वडामा कति बजेट आउने गर्दछ र त्यो पर्याप्त छ कि छैन ?
यो आर्थिक बर्षमा हामीले खासै गौरवका योजनाहरु बनाउन सकीएन । गत बर्ष हामीले एक करोड रुपयाँ विनियोजन गरेका थियौ । यो आर्थिक बर्षमा हामीले प्रत्यक वडामा २१÷२१ लाखका दरले वजेट विनियोजन भएको छ । यो कोभिड १९ को समस्याले सबै मानिसहरु भारतमा गएर काम गरेर आफ्नो परिवार पाल्ने र खान भारतको भर पर्ने भएकाले अहिले कोरोनाका कारण उहाँहरु घर फर्कनु भयो । उहाँहरुलाइ ल्याउन देखि ब्यवस्थापन गर्दा पालिकाको वजेट धेरै खर्च भयो । यो बर्ष जम्मा २१ लाख मात्र आएको छ । यस वजेटलाई कुनै गौरवको योजना भन्दा पनि गत बर्ष काम गरेर अधुरा रहेका योजनाहरुलाई सञ्चालन गरी सम्पन्न गर्नका लागि विनियोजन गरीएको छ । नयाँ योजना केही बनाएका छैनौ ।
अन्य वडाको तुलनामा के फरक काम गर्नु भएको छ ?
यहाँ रहेका १० वडाहरु मध्ये हाम्रो वडा फरक छ । केही आय आर्जनलाइ बिशेष ध्यान गरेर अहिले आलुको वीउँ उत्पादनमा किसानहरुलाइ लगाएका छौ । यो आर्थिक बर्षमा किसानको मागलाइ मध्ये नजर गर्दै १ सय ३५ कुन्टल आलु बितरण गरीएको छ । आलु खेती राम्रो हुने भएकाले कृषि शाखासंग समन्वय गरेर अहिले हामीले वीउँ बितरण गरेका छौै । हामीले वडामा एक जना कृषी जेटीए राखेका छौ । यस वडाले उपादन गरेको आलु पुरै गाउँपालिका लाइ नै पु¥याउने उद्देश्यमा लागिरहेका छौ ।

५ बर्षे कार्याकालमा जनताले विकासको अनुभूति कस्तो पाउछन र अवको वाकि अवधिमा के के काम गर्नुहुन्छ ?
अन्य वडाको तुलनामा विकास र पूर्वाधार विकासमा केहि थप प्रयास भएका छन् । निवाचित जनप्रतिनीधि बसेर त्यसै अनुसार कार्य योजना गरायौँ । सडक नपुगेको ठाउँमा सडक पु¥याउने , बत्ती नपुगेको ठाउँमा बत्ती पु¥याउने , खानेपानी नपुगेको ठाँउमा खानेपानी पु¥याउने , शिक्षाको कमी भएको ठाँउमा बिद्यालय सञ्चालन गर्ने प्रतिबद्वताका साथ हामीले काम सुरु ग¥यौ । अव जनतालाई शिक्षा, स्वास्थ्य र सडकमा सहज पहुँच पुु¥याउने हाम्रो लक्ष्य छ ।

प्रस्तुतिः खुम वली 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close