![](https://guraskhabar.com/wp-content/uploads/2021/09/vlcsnap-2021-09-03-22h19m46s033.png)
पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावबीच सुरु हुन लागेको सत्ताधारी नेपाली कांग्रेसको वडा अधिवेशन सुर्खेत सहित कम्तीमा २१ जिल्लामा प्रभावित भएको छ। देशभरका ६,७०० वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरेको कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण सुर्खेत लगायत अन्य जिल्लामा वडा अधिवेशनको मिति तय गरिएको छैन । यसै सन्दर्भमा नेपाली काँग्रेस सुर्खेतका सदस्य राम बहादुर सिहंसँग १४ औं महाधिवेशनमा सुर्खेतमा के कस्तो तयारी छ भनी कुरा गरेका छौं ।