सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेस

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेस गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेश गर्नुभएको हो ।
विधेयक पेस गर्दै मन्त्री प्रधानले बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापिकरणसंगै बढ्दै गएको आर्थिक अपराध समेत बढ्दै गएको, एक देशमा बसी अर्को देशमा अपराध गर्न सक्ने भएको , नेपालबाट बिभिन्न तरिकाले पूँजी पलायन गराउने, बिप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा नै रोक्ने , राजस्व छल्ने जस्ता आर्थिक अपराध गर्ने आपराधिक आर्जनको विदेशमा नै भुक्तानी दिने लिने कार्यका विरुद्ध कारबाही चलाउन प्रयाप्त कानुनी व्यवस्था गर्न आवश्यक भएको बताउनु भयो ।
त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close