जोरविजोर लागू गरेपछि धनगढीका अटो चालक आन्दोलनमा

धनगढीका अटो रिक्सा चालक आन्दोलनमा उत्रिएका छन्। आइतबार विहानैदेखि उनीहरूले ट्राफिक प्रहरीले लागू गरेको जोरबिजोर प्रणालीको बिरोधमा प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले धनगढी उपमहानगरपालिका घेराउ गर्नेदेखि मुख्य सडक बन्द गर्ने प्रयाससमेत गरिरहेका छन्।
अटोरिक्सा चालकले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरि बजार खुलाउने प्रयास गरिरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नगर भित्र ठूलो संख्यामा अटो रिक्सा चल्न थालेपछि व्यवस्थापनका लागि सबै पक्षसँग छलफल गरि जोरबिजोर प्रणाली लागू गरेको छ।
केही रिक्सा चालक प्रहरीले बनाएको नियम मान्नुपर्ने बताउँदै आएका छन्। केही चालकले भने ऋणमा रिक्सा किनेर चलाउनेलाई यो नियमले मर्का पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close