बामदेवको पार्टी सदस्यता एमालेमै छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भएको छ ।

बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले एमालेमा ७० वर्षे उम्मेर हद हटाउने भएपछि बामदेव गौतम एमालेमै आउने भन्नु भएको छनि भन्ने प्रश्न गरेपछि ओलीले सो कुरा बताउनुभएको हो । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो ।
ओलीले भन्नुभयो – ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो । गत साता बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरुबीच पार्टीमा ७० वर्षे उमेर हद खारेज गर्ने सहमति बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close