जुम्लामा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

जुम्लामा हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ । हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनु भयो ।
“विद्युत्मा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालिकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युत्को काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ”, उहाँले भन्नु भयो ।
विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन् । हिमपातका कारण जुम्ला पुरै हिउँले सेतामय भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close