आमाको सम्झनामा किन खोले अक्षयकोष ? (भिडियो सहित)

स्वर्गीय आमा किमसरा रेग्मीको सम्झनामा गुर्भाकोट नगरपालिका–६ का खिमबहादुर रेग्मीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट–६ बडाखोलीमा एकलाख एकहजार एकसय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

शनिवार विद्यालयको वार्षिक उत्सवमा उनले भक्त किमसरा रेग्मी स्मृती अक्षयकोषको स्थापना गरी विद्यालयलाई हस्तान्त्रण गरेका हुन । ‘यो संसार देखाई शिक्षा, दिक्षा दिने आमा बुवा र आफुले माध्यामिक तह सम्म अध्यन गरेको विद्यालयमा ।’

अक्षयकोष स्थापनाकर्ता खिम रेग्मीले भने,’ उक्त अक्षयकोषबाट यस विद्यालयमा अध्यनरत गरीव, जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउने र सुसंस्कार, सिर्जनसिल विद्यार्थीलाई सहयोग पुग्ने छ ।अक्षकोषबाट दिइने पुरस्कारहरु विद्यालयको प्रत्येक वर्ष नियमीत वार्षिक उत्सव माघ ११ गते वितरण गरिने प्रध्यानाध्यापक ढालबहादुर खत्रीले जानकारी दिए ।

यो कोषको सञ्चालन खिमबहादुर रेग्मी र उनकी श्रीमती मीना रेग्मीले गर्नेछन् भने संरक्षकमा विद्यालय व्यवस्थापन समिति र विद्यालय रहनेछ ।

पत्रकार मानबहादुर वलीले निर्देशन गर्नु भएको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close