ताप्लेजुङको सुकेटारमानै पर्यो हिउँ

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थल सम्मनै हिमपात भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा बिहीबारबाटै हिमपात र वर्षा भइरहे पनि सुकेटार सम्म शुक्रबार साँझबाट हिमपात भएको हो। हिमाली वस्ती ओलाङचुङगोला, घुन्सा, पाथीभरा फेदीलगायतका स्थानमा बाक्लो हिउँ परिरहेको छ।

कञ्चनजंघा हिमालको प्रवेशद्वारा घुन्सा हिउँले छपक्क छोपेको छ। ३ हजार ५ सय मिटर उचाईमा रहेको घुन्सामा बिहीबारबाटै हिउँ परेपनि शुक्रबार बाक्लो हिउँ परिरहेको स्थानीय टासी तेन्जिङ शेर्पाले बताए। ‘हिउँ परेपछि चिसो पनि अत्याधिक बढेको छ,’ शेर्पाले टेलिफोनमा भने, ‘घरबाट बाहिर निस्कने अवस्था छैन।’

पाथभिरा क्षेत्रको फेदीमा दिउँसो ४ बजेदेखि हिउँ परिरहेको प्रहरी चौकी इञ्चार्ज धनराज तुम्बापोले जानकारी दिए। फुङलिङ बजारसहितका स्थानमा वर्षासमेत भएको छ। हिमपातले दैनिकी प्रभावित भएपनि किसान भने हर्षित छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close