सुर्खेत उद्योग बाणिज्य संंघद्वारा आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख सुवेदीलाई स्वागत

केहि दिन अगाडि मात्रै आन्तरिक राजश्व कार्यालय सुर्खेतमा सुरुवा भइ आएका प्रमुख कर अधिकृत कपिल प्रसाद सुवेदीलाई उद्योग वाणिज्य संघ सुर्खेतले स्वागत गरेकाे छ ।
मंगलबार उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलसहितकाे टिमले प्रमुख सुवेदीलाई स्वागत गरेका हुन् ।
कँडेलले प्रमुख सुवेदीलाई स्वागत गर्दै व्यवसाय र आन्तरिक राजस्वबिच नङ्ग र मासु जस्तै सम्बन्ध रहेकाेले समन्वय सहकार्य जरुरी रहेकाे बताए । उनले राज्यलाई कर मार्फत निजी क्षेत्रले टेवा पुर्याएकाे भन्दै आन्तरिक राजस्व कार्यालय व्यवसायीकाे अभिभावक रहेकाे बताए ।


कँडेलले उद्योग वाणिज्य संघले व्यवसायीकाे हकहितमा काम गर्ने प्यास गरिरहेकाे बताउँदै बजारलाई चलायमान र उद्दमी स्थापित गर्न राज्यले प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।
काेराेना महामारी र पछिल्लो समयको आर्थिक मन्दीका कारण निजी क्षेत्र धरासायी भएकाेले व्यवसायीलाई टिकिरहन सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष कँडेलकाे भनाइ छ । त्यस्तै प्रमुख करअधिकृत सुवेदीले व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर र व्यवसाय दर्ता गर्नुपर्ने कुरामा ध्यान दिन जरुरी रहेकाे बताउँदै आफु व्यवसायीकाे हकहितका लागि काम गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा सुर्खेतका स्थानीय व्यापारी, कर कार्यालयका कर अधिकृत चक्र ढु‌गाना लगायतकाे उपस्थित रहेकाे थियाे ।
सुर्खेत उद्योग वाणिज्य संघमा ६ हजार व्यापारीहरु आबद्ध रहेका छन् ।

प्रमुख कर अधिकृत सुवेदी कार्यक्रममा उद्योगी व्यवसायीले व्यवसायको खाता व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले करको बारे आवश्यक जानकारी चाहिएमा आफु उद्योग वाणिज्य संघका पदाधिकारीका लागि जतिसुकै बेला पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close