
सुर्खेतको वीरेन्द्रनगर ६ मा करिव ६० लाख लगानीमा “क्रिष्टल किचेन मार्ट” सञ्चालनमा आएको छ । किचेनमा अत्यावश्यक सामग्रीहरुलाई एकै ठाउँमा उपलब्ध गराउने गरी युवा उद्यमी प्रेम आचार्यले मार्ट आजदेखि सञ्चालन गर्नु भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले उक्त मार्टको उद्घाटन गर्नु भएको हो । मार्टले उद्घाटनको अवसरमा ५ प्रतिशत छुट दिएको थियो । मार्टका सञ्चालक आचार्यका अनुसार किचेनमा आवश्यक सवै सामग्री फिक्स मुल्यमा उपलब्ध गराउने बताउनु भयो ।