
सुर्खेत ३१, बैशाख ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यरत पत्रकारको कोरोना परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । पत्रकारमा समेत कोरोना संक्रमण भएको भेटिएपछि त्रसित भनेका पत्रकारहरुले स्वास्थ्य सेवा कार्यालयमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका छन् ।
बुधबार पीसीआर परीक्षणका लागि सुर्खेतका ४३ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको हो
।
नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिलडमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । सोहि बमोजिम कर्णाली प्रदेशका सवै पत्रकारको स्वाबको नमुना परीक्षण गर्ने तयारी थालिएको छ ।
आज परीक्षण गरिएको सवै पत्रकारको रिपोर्ट विहिबारसम्म आउने स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिनु भयो ।