
पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार शनिबार थप ४१९ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुने संक्रमितको संख्या ७५० छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ जना कोरोनामुक्त भइ डिस्चार्ज भइसकेका छन् ।
अहिले सक्रिय देशभर संक्रमितको संख्या ५ हजार ७११ छ । २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने कुल संख्या १८७० पुगेको छ ।