Murti

थपिए ६ जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८९८ जनाको नमूना परीक्षण गरिएको थियो ।

४२१ जनाको पीसीआर र ४७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close