फरार प्रतिवादी पक्राउ

सुर्खेत प्रहरीले १ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३९ बर्षीय निरक भण्डारी रहेका छन् । सुर्खेत जिल्ला अदालतले उनलाई चेक अनादर मुद्दामा १ महिना कैद र १ हजार जरिवाना तोकेको थियो । यद्यपि उनी जरिवाना भुक्तान नगरेर फरार बनेको थिए ।
प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरको एयरपोर्ट चोकबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुर्खेतमा पठाईको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close