वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गरिने

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि साढे अर्व बढीको बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीवारदेखि सुरु भएको नवौ नगरसभाले एक अर्र्ब  ५६ करोड ५२ लाख ६२ हजार छ सय रुपैयाँ प्रस्तावित बिनियोजन गरेको हो । आगामी आर्थिक वर्षको लागि चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैया विनियोजन गरेको  छ ।

नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार बजेट विनियोजन गरेको हो । वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिको रूपमा  घोषणा गर्न प्रक्रिया अघि बढाउने भएको छ । यसको लागि नगरसभाले कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्न कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार समक्ष अनुरोध गरिने प्रस्ताव ल्याएको छ ।

अगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिएको छ । आगामी वर्षको प्रस्तावित नीति, बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले नगर गौरवको रुपमा नगरभित्र गुणस्तरीय चिकित्सकीय सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनलाई नगर अस्पतालको रुपमा विकास गरिने बताइन् ।

नगरपालिकाले हाल कोभिड अस्पतालको रूपमा सञ्चालन गरेको अस्पताललाई नगरको  रूपमा आधारभूत तथा चिकित्सकीय सेवा सहित संचालन गरिने उनले बताइन् ।  त्यसैगरी    नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न थप विद्यालयहरूमा विद्यालय नर्सिङ सेवा संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख ढकालले ‘छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’ कार्यक्रम सञ्चालन गरिने बताइन् । नगरपालिकाले महिला स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएर उक्त कार्यक्रम ल्याएको हो ।  त्यसैगरी नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभावकको लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिने ढकालले बताइन् । त्यसैगरी विपन्न तथा असहाय (कोरोना तथा विभिन्न प्रकारका प्रकोप पीडित र अभिभावकविहीन लगायत बालबालिकाको लागि ‘विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष’ स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी असहाय र अभिभावक विहिन बालबालिकाहरूको अभिभाबकत्व स्थानीय तहले लिइनुका साथै उनीहरूको माध्यामिक तहसम्मको शिक्षा सुनिश्चित गरिने नगरपालिकाले जनाइएको छ । ‘म बनाउँछु मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यालयमा मेरो एक दिन कार्यक्रममार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close