डाटा शुल्क घटाउने नेपाल टेलिकमकाे तयारी

नेपाल टेलिकमले डाटा/इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनुभएको हो ।

ब्यान्डविथकाे मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।

नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डाटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनुपरेको बताउनुभयो । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डाटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उहाँले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गर्नुभयो । नायब प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो, ‘प्याकेजमा नलिएको हुनाले पिक्स इन्टरनेटकाे मूल्य महँगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ– यो वायरलेस डाटाको शुल्क १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ ।’

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्नेबित्तिकै डाटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close