उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मीले गरे सांंकेतिक आन्दोलन

घटनालाइ राजनीतिककरण नगरियाेस : तीर्थ सुनार

सुर्खेत, ८ असोज । रुकुमपश्चिमको सोती हत्याकाण्डका दोषीलाई कार्वाहीको माग गर्दै बिहीबार उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मीले सांंकेतिक आन्दोलन गरेका छन् । गत जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित उनका ६ जनालाई विभत्सव तरिकाले गरिएको हत्यामा संलग्नलाई यथासिघ्र कारवाहीको माग गर्दै नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मीहरुले आन्दोलन गरेका हुन् ।

यसै बीच सोतिमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने युवा नेता तथा समाज सेवी तिर्थ सुनारले बताएका छन् । बिहीबार उच्च अदालत सुर्खेतमा गरिएको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घटना राजनीतिक करण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने बताए ।

अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा रहेका आफ्नी प्रेमिकालाई लिन जाँदा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । मृतक परिवार र दलित अधिकारकर्मीहरुले मृत्यु नभइ हत्या भएको दाबी गर्दै आएका छन् । पीडकलाई कुनै पनि बहानामा छुटकारा दिन नहुने भन्दै सुनारले भने, ‘न्यायको देशमा न्याय नमरोस् । पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस् ।’ सोति घटनामा संलग्नलाई राजनीतिकरण गर्न नहुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close