यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर यूएईले ब्याटिङ गरेको थियो । यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २०७ रन बनायो । यूएईका लागि आसिफ खानले ७२ रन बनाए । रोहन मुस्ताफले ७५ बलमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै, आर्यन लाक्राले २८ रन जोडे ।
नेपालको लागि सन्दीपले तीन विकेट लिए । त्यस्तै,करण केसीको नाममा दुइ विकेट रह्यो । कुशल मल्ल र आरिफ शेखले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close