अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको योगदान गर्दै ४४ बलमा ६ चौका प्रहार गरे । ओपनरद्वय दीपक बोहोरा र दीपक बोहोराले क्रमशः १७ र १० रन बनाए । मिलन बोहोराले ३२ बलमा ३३ रन बनाए । गजेन्द्र बोहोराले ९ बलमा १९ रनको अविजित पारी खेले । बागमतीका लागि रोशन विकले सर्वाधिक २ विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेश २८.४ ओभरमा १२४ बनाउँदै अलआउट भएको हो । बागमतीका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रन बनाए । उनले ५० बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर सक्षम बास्ताकोटीले ८२ बल खेल्दै ५ चौकाको साहयतामा ३३ रन बनाए । रोशन विकले ३६ रनको अविजित पारी खेले । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि आकाश चन्दले ५.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अर्का बलर हेमन्त धामीले ५ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । नरेन साउदले २ विकेट लिए । सुदूर ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ ।

बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भए पनि रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close