
प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा पराजित नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले राष्ट्रिय सभामा उपाध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो। सका लागि २६ माघमा संसदीय दलको बैठक बोलाउने निर्णय भएको उहाँको भनाइ छ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि २३ माघमा निर्वाचन हुँदै छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २० फागुन २०७८ मा सकिएको थियो।