![](https://guraskhabar.com/wp-content/uploads/2021/12/263702650_637209083973252_1969450621370111540_n.jpg)
कमल कुमार न्यौपाने
सुर्खेत २३ मसिर
कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमा पैतालिस कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।
प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरिएको हो । यस्तै प्रदेश सरकारले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १ भएको आगलागी पीडीतहरुलाई प्रदेश सरकारले एकसठ्ठी लाख पचासी हजार बराबरको रकम जिल्ला प्रशासन कार्यालय मापर्mत दिने निर्यण समेत गरेको छ । प्रदेश सरकारले २ किस्तामा रकम वितरण गर्ने भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।