वीनपा १६ को नेपाली काँग्रेसको वडा अधिवेशन सर्वसम्मत

नेपाली काँग्रेसको वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ मा सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा अधिवेशनले पूर्णबहादुर ढकाललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ ।

अधिवेशनले क्षेत्रीय प्रतिनीधि, वडा कार्यसमिति र नगर कमिटीलाई सर्वसम्मत रुपमा छनौट गरेको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद गौतमले जानकारी दिनु भयो ।

उहाँका अनुसार वडा अधिवेशनबाट उपसभापतिमा बालाराम पौडेल, वुद्धि ज्ञवाली, सचिवमा हेमराज ढकाल, डम्मर राना, सहसचिवमा विनोद कुमार ढकाल, लोकबहादुर आचार्य चयन हुनु भएको छ । साथै वडा अधिवेशनले १२ जना सदस्य, समावेशी सदस्यमा ८ जना, क्षेत्रीय प्रतिनीधिमा १६ जना र नगर कमिटिमा ३ जना छनौट भएका छन् ।

सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको नेपाली काँग्रेस सुर्खेतको अधिवेशन वीरेन्द्रनगर नगरपालिका १६ वडा सहित ९९ वटा वडामा आज भइरहेको छ । सुर्खेतका कतिपय वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतिपय वडामा निर्वाचन हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close