कर्णाली स्वयंसेवक दलको सक्रियतामा गौशाला तथा सरसफाई व्यवस्थापन सहकारी दर्ता

माघ ६ सुर्खेत,
पछिल्लो समय कर्णाली प्रदेशको राजधानी समेत रहेको बीरेन्द्रनगर नगरपालिकामा सडकमा देखिने सामुदायिक पशुहरुले सडक दुर्घटनाको जोखिम उच्च भए पछि कर्णाली स्वयंसेवक दलको विशेष पहलमा दलका उपाध्यक्ष लक्ष्मण कडेल ज्युको संयोजकत्तवमा गठित सामुदायिक पशु तथा फोहर ब्यबस्थापन उपसमिति गठन गरिएको छ । कोभिडको दोश्रो लहरको समयमा सामाजिक न्यायकालागि गठित कर्णाली स्वयंसेवक दलको सक्रियतामा वीरेन्द्रनगरमा यत्रतत्र छरिएका गौ पशुहरुको व्यवस्थापन गर्नकालागि सहकारी दर्ता गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । समाज सेवि ताराकेशर पौडेल को अध्यक्षतामा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ ब्यबस्थापन सहकारी दर्ताको प्रक्रिया पूरा गरि आज नगरपालिका बाट प्रमाणपत्र समेत लियको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close