टिकट नपाएपछि पार्टीभित्र अन्तरघात ःउपसभापति खड्का

सुर्खेत, असार १३ । नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांग्रेस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।

‘कांग्रेस पार्टीको निर्णयविरुद्ध सूर्य र हलोलाई केहीले भोट दिए, हाम्रो पार्टीको निर्णयभन्दा बाहिरको पार्टीका उम्मेदवारलाई भोट दिएको प्रमाण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको निर्वाचनमा देखिएको छ ।’ खड्काले भन्नुभयो ।

अहिलेको जनमत हेर्ने हो भने सबै कांग्रेसीहरुले चार तारे झण्डा र रूखमा लागेको भए चार सयभन्दा बढी पालिका जित्न सकिने खड्काले दाबी गर्नुभयो ।

कार्यक्रममा सुर्खेतका ९९ वडामध्ये कांग्रेसले जितेका ५३ वडाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै जनतालाई ध्यानमा राखेर कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close