मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

अख्तियारको शुक्रबार बसेको बैठकले अन्तःशुल्क स्टिकर छाप्दा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव बैकुण्ठ अर्यालसहितका सरकारी अधिकारीलाई मुद्दा चलाउने निर्णय गरेको हो।  तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेको ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप् सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो ।

यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसककेा छन् ।

शुक्रबार बोर्डको निर्णयपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्यसचिवमाथि अन्य मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिएका थिए।

अन्य मुद्दामासमेत विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी रहेकाले राजीनामा गराउन सुझाव उनले दाहाललाई दिएको स्रोतले जनाएको छ ।

अख्तियारले मुद्दा चलाएपछि अर्याल स्वत: निलम्बन हुने छन् । त्यहीकारण प्रधानमन्त्री दाहालले अर्याललाई आइतबारै बिहान राजीनामाको सुझाव दिएका थिए।

अख्तियार स्रोतका अनुसार अर्यालविरुद्ध आधा दर्जन मुद्दामा अनुसन्धान अघि बढेको छ ।

टेरामक्स खरिद प्रकरण, सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेको नियुक्ति लगायतमा समेत अर्याललाई मुद्दा चलाउनुपर्ने गरी निष्कर्ष निकालिएको अख्तियार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close