
पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिए ।
२४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना संक्रमित देखिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १४ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्ला २४ घण्टामा १०,४६२ पिसिआर परीक्षण गरिएको छ । १७१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । जम्मा डिस्चार्ज हुनेको संख्या १६,६६४ जना रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७,२०१ रहेको छ ।
यता कर्णाली प्रदेशका पछिल्लो २४ घण्टामा ८ जना संक्रमित फेला परेका छन् ।