Murti

नयाँ प्रहरी महानिरीक्षक को ? मन्त्रिपरिषद् बैठक अनिर्णीत

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार अवकाश पाउँदै छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भने महानिरीक्षक नियुक्तिको निर्णय गरेन । अर्को बैठकले मात्रै यसको टुंगो लगाउने जनाइएको छ।

खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीले मंगलबारदेखि अवकाश पाउन लागेका हुन् । डीआईजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल आईजीपी बन्ने दौडमा छन् । जसले नेतृत्व पाए पनि पाँच महिनाको अवधि रहनेछ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close