सुर्खेत उधोग वाणिज्य संघको अर्थ मन्त्रालयलाई आठ बुदे मागपत्र

बन्दाबन्दी अवधिमा व्यवसायीहरु मारमा परेको भन्दै सुर्खेत उधोग वाणिज्य संघले अर्थ मन्त्रालयलाई आठ बुदे मागपत्र बुझाँएको छ। संघले प्रमुख जिल्ला अघिकारी मार्फत मागपत्र बुझाँउदै बन्दाबन्दी अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ।

कोरोना भाईरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर्न माग गरेको हो। संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम सहयोगको प्याकेज निर्धारण गर्न निजिक्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ।

बन्द रहेका उधोग प्रतिष्ठानहरुलाई नगद अनुदान तथा बन्दाबन्दीको अवस्थासम्मको लागि श्रमित, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन सरकारसंग माग गरेका छन। मागपत्रमा कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने भन्दै बन्दाबन्दी हटेको छ महिना पछि मात्र कर बुझाउन व्यस्था मिलाउनु पर्ने भनिएको छ।

संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्मण कंडेलद्धारा हस्ताक्षर मागपत्रमा घरधनिलाई मार नपर्ने गरेर घरभाडा मिनाहाका लागि नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ। संघले व्यवासींहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ। संघका महासचिव कंडेलले साना खुद्रा व्यापारी देखि सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यानयसर्तफ जानुपर्ने उल्लेख गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close