मन्त्री थापालाई वर्खास्त गर्नुपर्ने माग गर्दै एमालेद्धारा सदन अवरुद्ध (भिडियाे सहित)

सुर्खेत २४, जेठ ।
कर्णाली प्रदेशको आठौं संसद अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेका सांसदहरुले फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा पदबाट नहटेसम्म संसद चल्न नसक्ने बताएका छन ।

वैठकको आरम्भमा नै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले विशेष समयमा बोल्दै जालसाजी मुद्धामा जेल सजाय पाएका नैतिक पतन भइ सकेको व्यक्तिलाई प्रदेश सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गर्दै संसद चल्न नसक्ने बताउनु भएको हो । तीन तहकै अदालतमा जालसाजी मुद्धाको सजाय भोगी सकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने व्यवस्था हुदाँहुदै तत्काल मन्त्री थापालाई बर्खास्त नगरे सम्म संसद चल्ने वातावरण निर्माण नहुने उहाँले बताउनु भयो ।

यस अघिका अभ्यासमा समेत अदालतले दोषी देखाएका प्रदेश सभा सदस्यलाई पद मुक्त गरेर छानविनमा सहयोग गरेको स्मरण गर्दै नेता कंडेलले सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउदै प्रदेश सभा प्रवेश गरेको नेकपा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भयो ।

सभामुख राजबहादुर शाहीले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको छ ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापाले किर्ते जालसाजी मुद्दामा सर्वोच्व अदालतले लिखित जवाफ मागेको थियो । जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै त्यसविरुद्ध परेको रिटमा अदालतले लिखित जवाफ मागेको थियो ।

वैशाख ४ गते थापा मन्त्रीमा नियुक्त भएपछि कृष्णप्रसाद चौलागाईं र सूर्यमणी गौतमले सर्वोच्च अदालतमा परमादेश माग्दै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close