तेक्वान्दो खेलाडीहरुको विदाई

सुर्खेत १६ चैत, । कर्णाली प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने जाने विभिन्न तौल समुहका २० जना खेलाडीहरुलाई बुधवार बिदाई गरेको छ ।

एसियन गेम र साफ गेमको तयारी छानोटको लागी कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट छानिएका राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने २० जना खेलाडीहरुलाई बुधवार सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख एवं उप सचिव जहवारीलाल हमालले परिषदका तर्फबाट खेलाडीहरुलाई काठमाडौँ विदाई गरेका हुन् ।
कर्णाली प्रदेशबाट भाग लिने जाने खेलाडीहरुले आफ्नो तयारी भरपुर गरेको भए पनि खेल खेल्दा अनुशासन भएन भने खेल हार्न सकिने भन्दै तेक्वान्दोका साहेक प्रशिक्षक भुवन बहादुर थापाले खेलाडीहरुलाई अनुशासनका साथ खेलमा सहभागी हुन आग्रह गरे । तेक्वान्दो खेलाडीहरुका लागी अहिलेको प्रतियोगिता धेरै महत्वपूर्ण भएको भन्दै सबै खेलाडीहरुले जिम्मेवारी पूर्वक खेलमा सहभागी हुनु पर्ने उहाँले बताउनु भयो ।

बिदाई कार्यक्रममा सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख एवं उप सचिव जहवारीलाल हमालले खेलाडीहरुले कर्णाली प्रदेशको तर्फबाट जित हासिल गरेर कर्णाली प्रदेशको नाम उचो राख्न सक्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले आज विदाई गरेका विभिन्न तौल समूहका खेलाडीहरुले काठमाडौँबाट फर्किदा विजयको झण्डा बोकी कर्णालीमा फर्किने र त्यसको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद विजयी खेलाडीहरुको स्वागतका लागी तयारी अबस्थामा रहेको समेत बताउनु भयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close