संघीय संसद सचिवालयद्वारा प्रतिनिधिसभाका सांसदलाई २ दिने अभिमुखीकरण तालिम

संघीय संसद सचिवालयद्वारा प्रतिनिधिसभाका सांसदलाई २ दिने अभिमुखीकरण तालिम कार्यक्रम शुरु गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा बिहीबारदेखि सुरु भएको सो कार्यक्रम शुक्रबारसम्म चल्नेछ । सांसदहरुलाई संसदीय विधि र प्रक्रियाका बारेमा अभिमुखीकरण गर्न सचिवालयले २ दिने संसदीय अभ्यास र प्रक्रियाका बारेका अभिमुखीकरण तालिम राखिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरणका लागि विषय विज्ञका रुपमा पूर्व सभामुख सुवास नेम्वाङ, युवराज खतिवडा, माधव पौडेल लगायतका विज्ञहरु रहेका छन् । सो अवसरमा सांसदहरुलाई संसदीय विधि, प्रक्रिया, मूल्य मान्यता र अभ्यासका बारेमा प्रशिक्षित गर्ने अपेक्षा लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close