अतिक्रमित भुमि छुटाउन सशस्त्रको दरबन्दी थप्ने

काठमाडौं । अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको दरबन्दी थप्ने तयारी गरेको छ । प्रहरीको दरबन्दी सँगै बोर्डर आउट पोष्ट बढाउने पनि सरकारले तयारी गरेको गृहमन्त्री रामबहादुर थापा (बादल) ले जानकारी दिए ।

शुक्रबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा लिम्पियाधुराको ३ सय ७२ र कालापानीको विवादास्पद ३२÷३३ गरेर ४ सय बढी वर्गकिलोमिटर भारतले अतिक्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै गृहमन्त्री बादलले यी सबै भुमि फिर्ता गर्न थप सुरक्षाकर्मी आवस्यक रहेको बताए । यो अतिक्रमण सन् १९६२ भन्दा पहिले नभएको उनको भनाई छ । भारत चीन युद्ध पश्चात अतिक्रमण भएको मन्त्री बादलको दाबी छ ।

भारत चीन युद्धका क्रममा भारतले १८ ठाउँमा सेना राखेको छ भने युद्धपछि १७ स्थानको हटाएर कालापानीमा मात्रै राखेको छ । यो क्षेत्र नेपालको हो भन्नेमा सरकार स्पष्ट रहेको बताउँदै मन्त्री बादलले भने ‘विगतका सरकारहरु पनि लड्दै आएका हुन्, अब यो सरकारले केही नतिजा निकाल्छ ।’

राष्ट्रिय स्वाधीनताको लडाइँमा आलसम्म सफलता हात नपरेको बताउँदै उनले अहिले नेपालको भूमि फिर्ता लिने अनुकुल स्थिति बनेकाले सरकार दैनिक गृहकार्यमा जुटेको गृहमन्त्री बादलले जानकारी दिए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close