जडान नहुँदै भत्कियो कर्णाली नदीको बेलिब्रिज

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गर्नु भएको थियो । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किदा निर्माण कार्य अझै पछि धकेलिएको छ ।

बेलिब्रिज भत्किदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधि बखत बहादुर मल्लले बताउनु भयो । वेलिव्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाई छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाईएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close