गुण एयरलाइन्सको सुर्खेतमा हवाई सेवा शुरु

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट आजदेखि गुण एयरलाइन्सले सुर्खेत–काठमाण्डौं, काठमाण्डौं–सुर्खेत हवाई सेवा शुरु गरेको छ ।
कुल ७ वटा विमानबाट देशका विभिन्न प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले आज पौष १८ देखि सुर्खेत–काठमाण्डौं, काठमाण्डौं–सुर्खेत नियमित उडान शुरु गरेको हो । यता बाणिज्य महासचिब लक्ष्मण कडेलले जब सम्म कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको बिमानस्थलको धावन मार्गको बिस्तार हुदैन । तब सम्म कर्णाली वासीले महङ्गो भाडा तिर्ने बाध्यता रहेका उहाको भनाई छ । विमानस्थल को धावन मार्गलाई चाडो भन्दा चाडो बिस्तार गर्ने कर्णाली प्रदेश सरकारसगं आग्रह समेत गर्नुभएको छ । आज देखि उडान सुरुगरेको काठमाडौं सुर्खेत तथा सुर्खेत काठमाडौं गुण एयरलाईन्सको पुर्ण सफलताको शुभकामना व्यक्त गदै उहाले यस्तो बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close