जन नमुना माविमा वृहत सांस्कृतिक कार्यक्रम

सुर्खेत २, फागुन ।
जन नमुना माध्यमिक विद्यालय वीरेन्द्रनगर ६, सुर्खेतले ७२ औं बार्षिकोत्सव एवम अभिभावक दिवसको अवसरमा वृहत सास्ंकृतिक कार्यक्रम सम्पन्न गरेको छ । वसन्त पञ्चमी तथा सरस्वती पुजा पश्चात बालबालिकाहरुले विविध सास्कृतिक प्रस्तुति राखेका थिए ।


कार्यक्रममा विद्यालयका प्र.अ. यामबहादुर श्रेष्ठले विगतमा ६६ प्रतिशतमा झरेको सिकाई उपलब्धिलाई पुन बढाउन विद्यालय सफल भएको भन्दै सवै अभिभावकहरुको साथ र सहयोगले आगामी दुइ बर्षसम्म ८० प्रतिशत बढि पु¥याउने बताउनु भयो । उहाँले सामुदायिक विद्यालयको सिकाई उपलब्धि बढाउनका लागि सवैको हातेमालो हुनुपर्ने बताउनु भयो ।
विद्यालयले विगतमा कोभिडका कारण बार्षिकोत्सव मनाएको थिएन । यस बर्ष भने विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि पहिलो दिनलाई सास्ंकृतिक कार्यक्रम संचालन गरको हो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीले कर्णाली प्रदेशकै नमुना विद्यालय बनाउनमा विद्यार्थी, शिक्षक र अभिभावकको ठुलो योगदान रहेको बताउनु भयो ।
कार्यक्रममा टप्पा, झ्याउरे, देउडा, नाटक, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । वृहत सांस्कृतिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालयले फागुन ३ गते विहिबार ७२ औं बार्षिकोत्सव मनाउदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close