प्रदेश नं ५ मा दुई जनामा कोभिड-१९, संक्रमितको संख्या ५९ पुग्यो

रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

नेपालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन्।

तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा भएको सरकारको तथ्याङ्कले देखाउँछ।

अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।

सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close