कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

सुर्खेत मंसिर १५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भनी मंगलबार प्रदेश सभामा प्रस्ताव पेस गर्नु भएको थियो । आज बुधबार बसेको प्रदेश सभा बैठकमा उहाँको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गर्नु भएको छ । एमालेको १० औ महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।
प्रदेश सभामा सभामुख सहित ३५ जना सांसद छन् । तर बुधबारको बैठकमा सहभागी २२ जना मध्ये पक्षमा २२ जनाले नै मतदान गरेका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसका पाँच, माओवादीका १२, समाजवादीका तीन र राप्रपका एक जना सांसदले मत दिएका हुन् ।
गएको कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने ु
संवैधानिक व्यवस्था अनुसार मत माग्नु भएको थियो । तत्कालिन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शाहीलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाही कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close